शाहरुख र राजामौली टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा
काठमाडौं । भारतीय चलचित्र अभिनेता शाहरुख खान र चलचित्र निर्देशक एस. एस. राजामौली टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। अमेरिकाका राष्ट्रपति जो बाइडेन, बेलायतका राजा चार्ल्स, गायक बियोन्से पनि यो सूचीमा परेका छन् ।
यस लिस्टमा शाहरुख खानको प्रोफाइल अभिनेत्री दीपिका पादुकोणले लेखेकी छिन् । जसमा यस्तो लेखिएको छ, ‘शाहरुख खानसँगको पहिलो भेट म कहिल्यै बिर्सने छैन । त्यसयता १६ वर्ष बितिसक्यो ।’
“शाहरुख खान सधैं एक उत्कृष्ट अभिनेताको रूपमा चिनिन्छन्। तर उनको सबैभन्दा विशेष कुरा उनको हृदय र दिमाग हो। उनको दया र उदारता । सूची लामो छ । उनलाई नजिकबाट चिन्नेहरूलाई थाहा छ कि यी १५० शब्दहरू उनको व्यक्तित्व वर्णन गर्न पर्याप्त छैनन्।
यसअघि टाइम १०० रिडर पोलमा शाहरुख खान शीर्ष स्थानमा आएका थिए । यसमा मानिसहरूले शाहरुख खानलाई विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा शीर्ष स्थानमा राखेका थिए ।







डिसी नेपाल







Facebook Comment