अमेरिकाको टेक्सासमा डेरी फार्ममा विष्फोट, १८ हजार गाईको मृत्यु

डिसी नेपाल
२ वैशाख २०८० १०:२४
844
Shares

काठमाडौं । अमेरिकाको टेक्सास राज्यको पश्चिमी क्षेत्रमा रहेको एक डेरी फार्ममा विष्फोट हुँदा १८ हजार गाईको मृत्यु भएको छ । यो अमेरिकाको कुनै फार्ममा लागेको अहिलेसम्मकै ठूलो आगलागी भएको बताइएको छ ।

यस हप्ताको सुरुमा डिमिट शहर नजिकै रहेको साउथ फोर्क डेरीमा विस्फोट भएको थियो। विष्फोटमा एकजना घाइते भएको पनि बताइएको छ ।

डेरी फार्मको मेसिनरीबाट निस्केको मिथेन ग्यासले आगलागी भएको हुनसक्ने अधिकारीहरुको अनुमान छ ।

क्यास्ट्रो काउन्टी शेरिफको कार्यालयले विस्फोटको तस्बिरहरू साझा गरेको छ, जसमा फार्मबाट धुवाँको ठूलो मुस्लो उठेको देखाइएको छ।

आगलागी र धुवाँमा निसास्सिएर कति गाईको मृत्यु भयो भन्ने यकिन संख्या भने थाहा नभएको तर १८ हजार गाईवस्तु बेपत्ता रहेको शेरिफको कार्यालयले बीबीसीलाई बताएको छ । आगलागी गाई रहेको फार्मको भागमा फैलिँदा गाईहरू मरेको शेरिफले बताए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *