सिद्धु मुसेवाला हत्याका आरोपी लरेन्स बिश्नोईका सहयोगीको तिहाड जेलमा हत्या

डिसी नेपाल
२ वैशाख २०८० १०:३०
1.7k
Shares

काठमाडौं । सिद्धु मुसेवाला हत्याका आरोपी लरेन्स विश्नोईका सहयोगीको शुक्रबार तिहाड जेलमा हत्या भएको छ ।

लरेन्सका सहयोगी प्रिन्स तेवतियाको हत्या प्रतिद्वन्द्वी गिरोहले गरेको प्रहरीले जनाएको छ ।

३३ वर्षीय प्रिन्स तेवातिया तिहाड जेल नम्बर ३ को वार्ड नम्बर ६ मा थुनिएका थिए । कारागारमा ३८० कैदीबन्दी रहेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार जेलका एक अधिकारीले शुक्रबार साँझ ५.३० बजे तेवातियाको प्रतिद्वन्द्वी गुटका कैदी अता उरहमानसँग झगडा भएको बताए ।

झगडाका क्रममा कारागारमा नै तेवतियामाथि जुगाडबाट बनेको हतियार प्रहार भएको थियो । यसैबीच दुवै समूहका कैदीबन्दीबीच झडपसमेत भएको छ । जसमा तेवतिया र रहमानसहित चार जना गम्भीर घाइते भएका छन् ।

पछि चिकित्सकले तेवातियालाई मृत घोषणा गरेका थिए ।

घाइतेहरुलाई दीनदयाल उपाध्याय अस्पताल लगिएको छ । जहाँ चिकित्सकले तेवातियालाई मृत घोषणा गरेका थिए । रहमान, बबी र विनयको उपचार भइरहेको छ भने घटनाको म्याजिस्ट्रेट छानबिनको आदेश दिइएको छ ।

तेवातिया गाजियाबादका निवासी थिए। उनीविरुद्ध ज्यान मार्ने उद्योगसहित १६ वटा फौजदारी मुद्दा दर्ता छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *