फ्रान्समा पेन्सनको उमेर बढाइयो, देशभर प्रदर्शन र आगजनी
काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पेन्सनका लागि उमेर हद ६२ बाट बढाएर ६४ वर्ष पुर्याइएको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
फ्रान्सको शीर्ष संवैधानिक परिषदले यो परिवर्तनलाई अनुमोदन गरेको छ। संवैधानिक परिषदले यस विषयमा जनमत सर्वेक्षण गर्न प्रतिपक्षको मागलाई अस्वीकार गरेको छ।
परिषद्को यो निर्णयपछि फ्रान्समा विरोध प्रदर्शन चर्कियो । आन्दोलनकारीले धेरै ठाउँमा आगजनी गरेका छन् ।
हिंसा भड्काएको आरोपमा ११२ जना पक्राउ परेका छन् । फ्रान्सका ट्रेड युनियनहरूले सरकारको यो निर्णयलाई थप छिटो बनाउन आह्वान गरेका छन् । उनीहरूले मे १ मा जनतालाई सडकमा उत्रन आग्रह गरेका छन् ।
राष्ट्रपति इमानुएल म्याक्रोनले पेन्सन प्रणालीलाई ध्वस्त हुनबाट रोक्नको लागि सुधार गर्नुपर्ने तर्क गरेका छन्।
मार्चमा, सरकारले विशेष संवैधानिक अधिकार प्रयोग गरी यो परिवर्तन लागू गर्यो।
यसका लागि मतदान भएन । शनिबार बिहान उनले उक्त प्रस्तावमा हस्ताक्षर गरी कानुनमा परिणत गरेका हुन् ।







डिसी नेपाल







Facebook Comment