भारतमा पछिल्लो २४ घण्टामा १० हजार ७५३ नयाँ कोरोना संक्रमित, २७ जनाको मृत्यु

डिसी नेपाल
२ वैशाख २०८० १२:३८
196
Shares

काठमाडौं । भारतभर कोभिड–१९ का १० हजार ७५३ नयाँ संक्रमित थपिएका छन् । शनिबार, केन्द्रीय स्वास्थ्य मन्त्रालयले एक अपडेटमा यो जानकारी दिएको छ।

यस अपडेटमा भनिएको छ कि हालसम्म देशभर कोभिडका सक्रिय केसहरूको संख्या बढेर ५३,७२० पुगेको छ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी दिल्लीमा मृत्यु भएको छ । दिल्लीमा ६ र महाराष्ट्रमा ४ जनाको मृत्यु भएको छ ।

राजस्थानमा तीन र छत्तीसगढ, गुजरात, हरियाणा, हिमाचल प्रदेश, जम्मू कश्मीर, मध्य प्रदेश, उत्तराखण्ड र उत्तर प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार दैनिक सकारात्मकता दर ६.७८ पुगेको छ । जबकि साप्ताहिक सकारात्मकता दर ४.४९ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *