मनाङलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा
काठमाडौं। जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार ललितपुरस्थीत च्यासल मैदानमा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो।
जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे। फोडे फोफानाले एक गोल थपे। यस जितसँगै जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ। मनाङ १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
त्यस्तै शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र क्लबले न्युरोड टिम एनआरटीसँग १–१ गोलको बराबरी खेलेको छ। खेलको ३९ औं मिनेटमा ओमालाजा नुरेन करिमले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, खेलको ६७ औं मिनेटमा स्टेफन जुनियरले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै मछिन्द्रले ९ खेलमा १३ अंक जोडेको छ। एनआरटीले ८ खेल ७ अंक जोडेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment