रवि लामिछानेका गाडी चालक घरको तीन तलाबाट खसेर गम्भीर घाइते

डिसी नेपाल
४ वैशाख २०८० ९:५३
2.5k
Shares

काठमाडौं। चितवनको चुनाव प्रसार प्रसारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा आज विहान ४  बजे छतबाट खसेर गम्भीर घाइते भएका छन्।

चितवन भरतपुर ११ मा रहेको एक घरको तीन तलाबाट खसेर उनी गम्भीर घाइते भएका  हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले भरतपुर मेडिकल कलेजेमा थापाको उपचार भैरहेको छ। प्रहरीका अनुसार उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ।

उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले बताएका छन्।

उनको अवस्था गम्भिर रहेको र अहिले टाउकाको अप्रेसनका लागि अप्रेसन कक्षमा लगिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *