इन्डोनेसियामा अपहरित न्युजिल्यान्डका पाइलटको खोजी अभियानमा एक सैनिकको मृत्यु

डिसी नेपाल
४ वैशाख २०८० १३:२१
608
Shares

काठमाडौं । इन्डोनेसियाको पपुवामा अपहरणमा परेका न्युजिल्यान्डका पाइलटलाई खोज्ने क्रममा विद्रोहीले आक्रमण गरेका छन् । जसमा एक इन्डोनेसियाली सैनिकको मृत्यु भएको छ ।

यद्यपि विद्रोहीहरूले आफूले ११ इन्डोनेसियाली सैनिक मारेको दाबी गरेका छन् । एसोसिएटेड प्रेसले सेनाको स्रोतलाई उद्धृत गर्दै कम्तीमा छ जनाको मृत्यु भएको जनाएको छ।

यी सिपाहीहरू फिलिप मर्टेन्स नामक न्युजिल्यान्डका अपहरण गरिएका पाइलटलाई खोज्ने अभियानमा थिए। उनी यसै वर्षको फेब्रुअरीमा अपहरणमा परेका थिए ।

वास्तवमा पपुवाका विद्रोहीहरूले दशकौंदेखि इन्डोनेसियाबाट आफ्नो स्वतन्त्रताको माग गर्दै आएका छन्। इन्डोनेसियाका सिपाहीहरू मर्टोन्सको खोजी गरिरहेका बेला आक्रमण भएको थियो।

टोलीले एन्दु पहाडमा खोजी गरिरहेको बेला उक्त खोजी अभियानमा आक्रमण भएको हो । वेस्ट पपुवा नेशनल लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ।

उसले आफुविरुद्ध अभियान चलाएको भन्दै यो हमला भएको बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *