भारतीय सेनाको क्याम्पमा सैनिकले यसरी गरे ४ सहकर्मीको हत्या
काठमाडौं । भारतीय सेनाको दक्षिण पश्चिमी कमाण्ड मुख्यालयले एक विज्ञप्ति जारी गरी पञ्जाबको भटिंडा मिलिटरी स्टेशनमा गोलीबारीमा संलग्न एक जवानलाई पक्राउ गरेको पुष्टि गरेको छ।
आर्टिलरी युनिटका बन्दुकधारी देसाई मोहनले प्रहरीसमक्ष इन्सास राइफल चोरेको र आफ्ना चार सहकर्मीको हत्या गरेको स्वीकार गरेको सेनाले जनाएको छ ।
सेनाले प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत दुश्मनीका कारण जवानले यस्तो गरेको पाइएको बताएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘अप्रिल ९, २०२३ को बिहान उनले म्यागजिनले भरिएको हतियार चोरेर लुकाएका थिए। उनी १२ अप्रिल २०२३ मा बिहान ४.३० बजे सेन्ट्री ड्युटीमा थिए, उनले लुकाएको हतियार निकालेर पहिलो तल्लामा गएर सुतिरहेका चार सिपाहीलाई मारे।”
“त्यसपछि जवानले हतियार ढलको खाल्डोमा फाले । ढलको खाडलबाट हतियार र स्पेयर गोलीहरू बरामद गरिएको छ। अप्रिल १२ मा प्रारम्भिक एफआईआरमा, यी जवानले सिभिल ड्रेसमा दुईजना व्यक्तिले इन्सास राइफल र बञ्चरो बोकेको देखेको बताएका थिए । अनुसन्धान एजेन्सीहरूको ध्यान हटाउनको लागि उनले यस्तो बयान दिएका थिए ।
जवान प्रहरी हिरासतमा रहेको र बाँकी जानकारी लिने काम भइरहेको छ । सेनाले घटनामा कुनै आतङ्कवादी कोण नरहेको दोहोर्याएको छ र मिडियालाई कुनै पनि अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment