बेलायतका प्रधानमन्त्री पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलर घाटा

डिसी नेपाल
५ वैशाख २०८० ७:५१
664
Shares

काठमाडौं। बेलायतका प्रधानमन्त्री ऋषि सुनककी पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलरको नोक्सान भएको छ। सोमबार इन्फोसिस लिमिटेडको शेयरमा भारी गिरावट आउँदा उनलाई सो रकम बराबरको नोक्सानी भएको हो। ऋषि सुनक प्रधानमन्त्री बनेपछि अक्षता मूर्तिलाई अहिलेसम्मकै ठूलो घाटा भएको छ।

अक्षता मूर्तिसँग उनका बुबा एन नारायण मूर्तिद्वारा सह-स्थापना गरिएको भारतीय सफ्टवेयर कम्पनी इन्फोसिसमा ०.९४ प्रतिशत हिस्सेदारी छ। ब्लूमबर्गको रिपोर्टका अनुसार सोमबार इन्फोसिसको शेयरमा गिरावट आएपछि ब्रोकरहरूले डाउनग्रेड गर्ने क्रम सुरु भएको थियो।

सोमबार मार्च २०२० पछि इन्फोसिसको शेयरमा ९.४ प्रतिशतको को गिरावट आयो, सो गिरावट सो समय पछिको सबैभन्दा ठूलो गिरावट हो।

यद्यपि, अक्षता मूर्तिलाई भएको क्षति सुनक परिवारको सम्पत्तिको एक अंश मात्र हो। अक्षता मूर्तिको सेयर अझै ४५० मिलियन पाउण्डभन्दा बढी छ। यसैबीच, ऋषि सुनकको कार्यालयले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *