भारतीय फिल्म ‘वार–२’ का निर्देशकको पारिश्रमिक ३२ करोड
मुम्बई। ‘वार २’ निर्देशनका लागि निर्देशक अयान मुखर्जीले महंगो पारिश्रमिक लिएका छन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘वार २’ निर्देशनका लागि उनले करिब ३२ करोड भारतीय रुपैयाँ लिने भएका हुन्। भारतीय सञ्चार माध्यमका अनुसार यशराज फिल्म्सले ‘वार २’ निर्देशन गर्न अयानलाई प्रस्ताव गरेको र उनले सो फिल्मका लागि ३२ करोड बराबरको पारिश्रमिकको माग गरेका हुन्।
ऋतिक रोशनको प्रमुख भुमिका रहने फिल्म ‘वार २’ सन २०२४ को अन्त्यमा रिलिज हुने बताइएको छ। करिब दुई सय करोड भारतीय रूपैयाँमा बन्न लागेको ‘वार–२ यशराज स्पाई युनिभर्सको छैटौं फिल्म हो। यसअघि स्पाइ युनिभर्सको निर्माणमा यसअघि ‘पठान’, ‘वार’ र ‘टाइगर जिन्दा है’ जस्ता हिट फिल्म निमार्ण गरिसकेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment