४० वर्षयता किन मदिरा पिउदैनन् अमिताभ ?

डिसी नेपाल
५ वैशाख २०८० १०:३६
11.4k
Shares

मुम्बई। फिल्मको पर्दामा मदिराले मातेको अभिनय गर्ने अभिनेता अमिताभ बच्चन कुनै समयमा वास्तविक जीवनमा पनि त्यसरी नै मात्थे। उनी मदिरा प्रेमी नै थिए। फिल्ममा विन्दास किसिमले मदिरा पिउने अमिताभ वास्तविक जीवनमा पनि त्यसरी नै मस्त पिउँथे।

अमिताभ वास्तविकतामा मदिरा र चुरोटको शौखिन नै थिए। कलेज जीवनमा अमिताभलाई चुरोट र मदिराको आदत नै थियो। जुन समयमा उनी फिल्ममा जोडिएका थिएनन्। उनले एक ब्लगमा यी कुराको खुलासा गरेका छन्।

‘ममाथि मदिरा र चुरोटको बानी यति बस्यो कि मैले अगाडि केही पनि देख्न छोडेको थिएँ। यद्यपि कलेजको प्रयोगात्मक ल्याबमा एक यस्तो घटना भयो, जुन घटनाका कारण मैले वास्तविक जीवनमा मदिरा र चुरोट छोडें’, उनले लेखेका छन्।

कलेजको अन्तिम सेमेस्टरमा जब अमिताभ अन्तिम परीक्षा दिन कलेज पुगे, त्यहाँ उनले प्रयोगात्मक ल्याबमा एक प्रयोग गर्नुपर्ने थियो। अमिताभको दिमागमा त्यहाँ पनि मदिराको नशा चढ्यो र दिमागमा एक नराम्रो काम गर्ने योजना बन्यो। अमिताभले साथीहरुसँग मिलेर केमेष्ट्रि ल्याबमा राखिएको एक विशुद्ध मदिरा पिए। त्यसपछि उनीहरुले त्यहाँ हंगामा नै गरे। जुन कामबाट लज्जित भएर अमिताभले सदाका लागि मदिरा छोड्ने निर्णय लिए।

विशुद्ध मदिरा पिएपछि अमिताभ र उनका साथीहरु पूर्ण रुपमा अस्वस्थ भए। त्यहीकारण ४० वर्षदेखि अमिताभले मदिरालाई छोएका छैनन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *