‘जुनेली रात’मा रोहित र दुर्गाको रोमान्स (भिडियो)
काठमाडौँ। अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका गायक रोहित सिंह थापाले नेपाली नयाँ वर्ष २०८०को अवसर पारेर पहिलो सांगितिक कोसेली ‘जुनेली रात’ सार्वजनिक गरेका छन्। यस गीतमा कल्याण सिंहको संगीत र रोशन श्रेष्ठको शब्द रहेको छ।
म्युजिक भिडियोमा स्वयम् गायक रोहित सिंह थापा र दुर्गा भण्डारी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। मेलवर्नका विभिन्न रमणिय स्थलमा पुगेर तयार पारिएको म्युजिक भिडियोको सुन्दर दृश्यलाई छायाँकन ग्यान्योनले गरेका हुन्। पोष्ट प्रोडक्सनको काम जि क्रियशनले गरेको छ। भिडियो गायक थापाको युट्युव च्यानल ‘रोहित सिंह थापा’ मार्फत सार्वजनिक भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment