पठानबाट निर्मातालाई ३३३ करोड नाफा, शाहरूखलाई २०० करोड पारिश्रमिक

डिसी नेपाल
५ वैशाख २०८० १२:२८
1.6k
Shares

मुम्बई। गत जनवरी २५ मा रिलिज अभिनेता शाहरुख खानको स्पाई थ्रिलर पठानले आफ्नो बक्स अफिस सफलताले इतिहास रचेको छ। चार वर्षपछि फिल्ममा कमव्याक गरेका शाहरुखले पठानका रुपमा बलिउडको हालसम्मको अल आइटम ब्लकबस्टर फिल्म दिए।

सिद्धार्थ आनन्द निर्देशित फिल्मले रिलिजको पहिलो दिन ५७ करोडको व्यापार गरेको थियो। हालसम्म यसले ५ सय ४३ दशमलब ०५ करोडको व्यापार गरिसकेको छ। फिल्मको कथा, एक्सन र गीतले दर्शकको मन मात्र जितेन, यो फिल्म वर्षकै सबैभन्दा ठूलो फिल्म बनेर दर्शकमाझ आयो।

यो फिल्म कमव्याक अभिनेता शाहरुखलाई मात्र होइन, निर्माता आदित्य चोपडाका लागि पनि फाइदाजनक बन्यो । फिल्मले निर्मातालाई ३ सय ३३ करोड नाफा दिलाएको छ। पीएण्डए र कुल प्रोडक्सनसहित फिल्मको कुल लागत २ सय ७० करोड रुपैंयाँ हो। जबकी यसले भारतीय बक्सअफिसमा ५ सय ४५ करोडको कमाइ गरेको छ भने विदेशमा ३ सय ९६ दशमलब ०२ करोड रुपैंयाँ छ।

फिल्मको वितरण शेयर क्रमशः २ सय ४५ करोड र १ सय ७८ करोड छ। यसको सेटलाइट र डिजिटल राइटसबाट फिल्मले १ सय ५० करोड रुपैंयाँ पाएको छ। जबकि संगीत र सब्सिडी माध्यमले फिल्मले ३० करोड प्राप्त गरेको छ। यसको नतिजा स्वरुप निर्माण कम्पनी यशराज फिल्मस्ले २ सय ७० करोड लगानी गर्दा ६ सय ३ करोड व्यापार गर्यो र करिब ३ सय ३३ करोड मुनाफा कमायो।

फिल्मबाट शाहरुखले पारिश्रमिक नलिई यको नाफाको ६० प्रतिशत शेयर लिएका छन्। यस हिसाबले शाहरुखले फिल्मबाट अभिनय पारिश्रमिक बापत २ सय करोड रुपैंयाँ लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *