पुटिनको आलोचना गर्ने रुसी राजनीतिक कार्यकर्तालाई २५ वर्षको जेल सजाय
काठमाडौं । रुसी विपक्षी राजनीतिक कार्यकर्ता कारा मुर्जालाई देशद्रोह र युक्रेन युद्धको आलोचना गरेको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको छ ।
यी रुसी-बेलायती पूर्व पत्रकार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको कारण जेलमा परेका वा रुसबाट भागेका मध्येका हुन्।
उनले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै मुद्दाको निन्दा गरेका छन् । गत हप्ता उनले भनेका थिए, ‘मैले जे भनेँ त्यो सत्य हो। मलाई एक शब्द पनि पश्चाताप छैन। मलाई गर्व छ।”
४१ वर्षीय मुर्जा मानवअधिकार उल्लङ्घन र भ्रष्टाचारको आरोपमा रुसी अधिकारीहरूमाथि प्रतिबन्ध लगाउन पश्चिमी सरकारहरूलाई मनाउनेहरूमध्ये एक हुन्।
मुर्जालाई एक वर्षअघि मस्कोमा पक्राउ गरिएको थियो । त्यतिबेला प्रहरी अधिकारीको अवज्ञा गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो तर हिरासतमा लिँदा उनीमाथि गम्भीर आरोप लगाइएको थियो ।
उनीविरुद्ध चलिरहेको मुद्दा मुख्यतया गत वर्ष अमेरिकामा दिएको भाषणमा आधारित छ । जहाँ उनले युक्रेनका आवासीय क्षेत्र, प्रसूति अस्पताल र विद्यालयमा बम विष्फोट गरेर रसियाले युद्ध अपराध गरिरहेको बताए । तर, रुसले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।







डिसी नेपाल







Facebook Comment