भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन सुरु
काठमाडौँ। भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु भएको छ। अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिए।
“उहाँहरूसँगै नेपाली प्राविधिकले काम गरिरहेका छौँ। उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छायाङ्कन गर्ने तालिका तय भएको छ”, निर्माण नियन्त्रक जोशीले भने। यही चलचित्रको छायाङ्कनका लागि अभिनेता कुमार मोटरसाइकलबाटै पूर्वी नेपालको झापा हुँदै नेपाल आएका हुन्।
चलचित्रमा अभिनेत्री म्याडीको अभिनय पनि रहेको छ। विशेषतः दक्षिण भारतीय कलाकार तथा प्राविधिक रहेका छन्। पछिल्लो समय नेपालमा छायाङ्कनका लागि विदेशी चलचित्र आउने क्रम बढ्दो छ। भारतीय चलचित्र उचाइ, शृङ्खला, फर्जीलगायत नेपाल आएदेखि विदेशी निर्माण समूह भित्रिने क्रम बढिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment