राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत दिल्ली लगिँदै

डिसी नेपाल
६ वैशाख २०८० ९:२४
1.8k
Shares

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि बुधबार भारत लगिँदैछ। छातीमा संक्रमणका हिजो साँझ शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजान लागिएको हो।

राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनील थापका अनुसार नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स)मा उनको थप स्वास्थ्य परिक्षण तथा उपचार हुनेछ।

श्री एअरलाइन्सको एअर एम्बुलेन्समार्फत भारतमा उपचार गराउन जान लागेका राष्ट्रपति पौडेलका साथमा साथमा उनका नीजि चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली जानेछन्। राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिए पछि मंगलवार साँझ उनी शिक्षण अस्पताल भर्ना भएका हुन्।

शिक्षण अस्पतालका चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण पाइए पछि उनलाई थप उपचारका लागि भारत रिफर गरिएको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *