फक्स न्यूजले गलत रिपोर्टिङ गरेका कारण ७८७.५ मिलियन डलर तिर्नुपर्‍यो

डिसी नेपाल
६ वैशाख २०८० ११:१८
92
Shares

काठमाडौं । फक्स न्यूजले २०२० को अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो रिपोर्टिङको विषयमा भोटिङ मेसिन कम्पनी डोमिनियनसँग चलिरहेको मानहानि मुद्दालाई सुल्झाएको छ।

यस विषयमा दुवै पक्षबीच सहमति भएको छ । यो अन्तिम सम्झौतामा, फक्स न्यूज नेटवर्कले डोमिनियनलाई ७८७.५ मिलियन डलर तिर्यो।

डोमिनियनको तर्क थियो कि च्यानलले आफ्नो रिपोर्टमा डोनाल्ड ट्रम्पको बिरूद्ध मतदानमा धाँधली भएको दाबी गरेको थियो, जसले कम्पनीलाई व्यापार घाटा पुर्‍यायो।

यो सम्झौता पछि, फक्स समूहका कार्यकारी रूपर्ट माडोक अदालतमा उपस्थित हुनबाट जोगिए । यस मामलामा गरिएको सम्झौतालाई न्यायाधीशको सहमति आवश्यक छैन।

एक विज्ञप्तिमा, फक्स न्यूजले भनेको छ कि यो हालको अमेरिकी इतिहासमा सबैभन्दा अपेक्षित मानहानि मुद्दाहरू मध्ये एक हो। मंगलबारको सम्झौताले “पत्रकारिताको उच्च मापदण्डप्रतिको आफ्नो प्रतिबद्धता” झल्काउँछ।

डोमिनियनका सीईओ जोन पाउलोसले एक प्रेस सम्मेलनमा फक्स न्यूजले यो सम्झौतामा “झूट बोलेको, जसले कम्पनीलाई ठूलो नोक्सान पुर्याएको” स्वीकार गरेको बताए।

डोमिनियनका वकिल जस्टिन नेल्सनले भने कि “सत्य महत्त्वपूर्ण छ।”

“झूटको नतिजा हुन्छ, दुई वर्ष पहिले झूट र मनगढन्ते कथाहरूले अमेरिकाभर डोमिनियन र चुनाव अधिकारीहरूलाई यस्तो संसारमा राखे जहाँ मानिसहरूले एक प्रकारको ‘षड्यन्त्र सिद्धान्त’ सिर्जना गरिरहेका थिए,” उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *