‘किसीका भाइ किसीका जान’को टिकट बुकिङ उच्च

डिसी नेपाल
६ वैशाख २०८० १२:०७
14.1k
Shares

मुम्बई। चार वर्षपछि अभिनेता सलमान खान पुनः एकपटक इदमा आफ्नो फिल्म ‘किसीका भाई किसीका जान’ लिएर आउँदैछन्।

फरदाह सामजीको निर्देशन रहेको यो फिल्म २१ अप्रिलमा थिएटरमा रिलिज हुँदैछ। फिल्मको एडभान्स बुकिङ खुलिसकेकाले फिल्मको टिकट लिनेको संख्या उल्लेख्य छ।

मंगलबार साँझसम्म पहिलो दिनको शोका लागि पीवीआर, आइनोक्स र सिनेपोलिसमा करिब १० हजार बढी टिकट बिक्री भइसकेको छ। सिंगल स्क्रिनमा पनि फिल्मप्रति दर्शकको चासो उच्च छ।

२ घण्टा २४ मिनेट २५ सेकेण्डको फिल्मलाई केन्द्रीय फिल्म प्रमाणन बोर्ड(सिबिएफसी)ले यू/ए सर्टिफिकेट दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *