चीनले तीव्र गतिमा आफ्ना आणविक हतियारहरू बढाउँदैछ – नेटो
काठमाडौं । नेटोले सन् २०३५ सम्ममा चीनसँग करिब १५०० आणविक हतियार हुने अपेक्षा गरेको छ । नेटो सचिव जेन्स स्टोल्टेनबर्गले मंगलबार भने, “दीर्घकालिन रूपमा हामीले अझ खतरनाक र प्रतिस्पर्धात्मक संसारमा हाम्रो दृष्टिकोणमा पुनर्विचार गर्न आवश्यक छ। यसको अर्थ सन् २०३५ सम्ममा १५०० आणविक हतियार हुने अनुमान गरिएको चीनसँग वार्ता गर्नु महत्त्वपूर्ण छ।”
“विश्व शक्तिका रूपमा चीनसँग विश्वव्यापी जिम्मेवारीहरू छन् र चीनले हतियार नियन्त्रण सम्झौताहरूमा पारदर्शिताबाट पनि फाइदा लिनेछ।”
स्टोल्टनबर्गले यो पनि भने कि “हामी चीनलाई शत्रु मान्दैनौं, तर चीनले हाम्रो हित, नेटोको मूल्य र हाम्रो सुरक्षामा केही चुनौतीहरू प्रस्तुत गर्दछ। त्यसैले चीनसँग वार्ता गर्नु झनै जरुरी छ ।”
नेटोले आफ्नो वक्तव्यमा चीनले हतियारको मामिलामा पारदर्शिता नराखेको र आणविक हतियारको भण्डारमा निरन्तर वृद्धि गरिरहेको बताइएको छ ।
यसै क्रममा अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनले भनेकी छिन्, “हामी यो स्पष्ट गर्न चाहन्छौं कि अमेरिका चीनसँग कुनै विवाद चाहँदैन, तर ऊ राम्रो प्रतिस्पर्धी बन्न चाहन्छ र हामी चीनसँगको प्रतिस्पर्धालाई अगाडि बढाउँछौँ ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment