यो वर्ष भारतको जनसङ्ख्या चीनको भन्दा बढी हुनेछ – राष्ट्रसंघ
काठमाडौं । भारत चाँडै नै चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्नेछ । यस वर्षको मध्यसम्ममा भारतको जनसङ्ख्याले चीनको जनसङ्ख्यालाई ३० लाखले नाघ्नेछ । संयुक्त राष्ट्रसंघको जनसंख्या प्रतिवेदनमा यो कुरा बाहिर आएको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को ‘स्टेटस अफ वर्ल्ड पोपुलेसन रिपोर्ट, २०२३’ को तथ्याङ्कअनुसार यस वर्ष भारतको जनसङ्ख्या १४२.८६ करोड हुनेछ भने चीनको जनसङ्ख्या १४२.५७ करोड हुनेछ। ३४० मिलियन जनसंख्या भएको अमेरिका तेस्रो स्थानमा हुनेछ।
प्रतिवेदनमा भनिएको छ कि यी अनुमानहरू फेब्रुअरी २०२३ सम्मको तथ्यांकमा आधारित छन्।
संयुक्त राष्ट्रका अधिकारीहरूले भनेका छन् कि भारत र चीनबाट आउने तथ्याङ्कको “अनिश्चितता” को कारणले निश्चित मिति दिन सम्भव छैन, विशेष गरी भारतको पछिल्लो जनगणना २०११ मा भएको थियो र अर्को २०२१ मा जनगणना हुन सकेको छैन। महामारीका कारण जनगणना नभएको हो ।







डिसी नेपाल







Facebook Comment