रविलाई लक्षित गर्दै प्रधानमन्त्रीको टिप्पणी- ठुल्ठुला गफ हान्नेहरुको असलियत देखियो, कुरा गहिरो छ

डिसी नेपाल
६ वैशाख २०८० १८:४१
820
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, ठुल्ठुला गफ हान्नेहरुको असलियत देखिएको टिप्पणी गरेका छन्।

तनहुँमा आयोजित कार्यक्रममा उनले मंगलबार क्याबिनेटले गरेको निर्णयलाई लिएर रवि लामिछानेले गृहमन्त्री भएका बेला गरेको ठेक्का सम्झौता रद्द गर्नुको पछाडि गहिरो कुरा रहेको तर्क गरे।

उनले भने ‘भ्रष्टाचार र वेथिति रोक्न ठुलो कदम चालिएको छ । केही कठोर कदम चालिएको छ। हिजो अस्तिमात्रै । हिजोको मात्रै क्याविनेट निर्णय तपाईहरुले हेर्नु होला । कुरा गहिरो छ । कुरो धेरै गहिरो । ठुल्ठुला गफ हान्नेहरुको असलियत के हो भन्ने कुरा हामीले देखिराखेका छौं ।’

उनले नयाँ पार्टीलाई खहरेको संज्ञा दिँदै पुराना पार्टीलाई कम नआँक्न चेतावनी दिए । ‘खहरे सुक्ने वाला छ । नदी बगीरहन्छ ।’ उनको भनाई छ ।

मंगलबार मात्रै सरकारले लामिछानेले गरेको ठेक्का सम्झौता रद्द गर्दै छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । अख्तियारले पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सो सम्झौताको छानबिन थालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.