म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

डिसी नेपाल
७ वैशाख २०८० ८:०१
1.2k
Shares

काठमाडौं। म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

जर्मन क्लब बायर्न म्युनिखसँग क्वाटरफाइनलको दोस्रो लेगमा १-१ गोलको बराबरी खेलेकाे भएपनि समग्रमा ४-१ को जितसहित सिटी सेमिफाइनलमा प्रवेश गरेको हो। सिटीले क्वाटर फाइनलको पहिलो लेगमा ३-० को जित निकालेका कारण उसलाई सेमिफाइनलमा जान सहज भएकाे हाे।

एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा सिटीका लागि एर्लिङ ब्राउट हालान्ड र घरेलु टोली बायर्नका योसुवा किम्मिखले १-१ गोल गरेर खेललाई बराबरीमा राखेका हुन।

पहिलो हाफमा सिटीका हालान्डले पेनाल्टी चुकाएका थिए, जसका कारण पहिलो हाफ गोलरहित बराबरीमा रहन पुग्यो। तर, पेनाल्टीमा चुके पनि हालान्डले ५७औं मिनेटमा गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए।

खेल रोमाञ्चाकारी र प्रतिस्पर्धात्मक हुँदै जाँदा ८३औं मिनेटमा योसुवा किम्मिखले गोल गरे पछि खेल १-१ को बराबरीमा पुग्यो। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको भएपनि समग्रमा जित निकाल्दै सिटी सेमिफाइनलको यात्रा तय गर्न सफल भयो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *