चीनबाट ऋणमा ल्याईएको २१ वर्षीया पाण्डाको थाइल्याण्डमा मृत्यु

डिसी नेपाल
७ वैशाख २०८० ९:२०

बैंकक। थाइल्याण्डको चिडियाखानामा २१ वर्षीया पाण्डाको मृत्यु भएको छ। यो पाण्डालाई वातानुकूलित पिंजरामा राखिएको थियो र थाइल्याण्डका मानिसहरूले यसको गतिविधिहरू २४ घण्टासम्म प्रत्यक्ष प्रसारणमार्फत हेर्न सक्थे।

सन् २००३ मा थाइल्याण्ड सरकारले चीनबाट ऋणमा ३ पाण्डा लिएको थियो। ऋणको अवधि अक्टोबरमा सकिँदै थियो र त्यसपछि सीधा उडानमा चीन पठाइने सहमति थियो तर त्यसअघि नै यी महिला पाण्डाको मृत्यु भयो। यसको नाम लिन हुइ हो।

जाेडीकाे ४ वर्षअघि मृत्यु भयो

लिन हुईको मेल पार्टनरको नाम चुआंग चुआंग थियो। सन् २०१९ मा हृदयघातका कारण उनको निधन भएको थियो।

चिडियाखानाका निर्देशकले भने लिन हुईको स्वास्थ्य केही दिनदेखि राम्रो थिएन। मंगलबार उनको नाकबाट रगत आउन थाल्यो। चिकित्सकको धेरै प्रयास गर्दा पनि उनलाई बचाउन सकिएन। उनको बुधबार निधन भएको हो।

निर्देशकले थप भने– लिनको मृत्युको छानबिन गर्न आदेश दिइएको छ। सबैभन्दा पहिले हामी उनको पोस्टमार्टम गर्छौं।

लिनले थाइल्याण्डको विलासी चिडियाखानाको वातानुकूलित घेरामा करिब २० वर्ष बिताइन्। उनलाई थाइल्याण्डका जनताले माया गर्थे। लिनको मृत्युपछि थाइल्याण्डले अब चीनलाई ३ करोड ५७ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *