अवैध लागूऔषधसहित दुई जना पक्राउ

डिसी नेपाल
७ वैशाख २०८० ११:५१
84
Shares

कैलाली। अवैध लागूऔषधसहित प्रहरीले दुई जना पक्राउ गरेको छ। भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय मिलिग्रामसहित घोडाघोडी नगरपालिका-३ बस्ने २४ वर्षीय अंकित चौधरीसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प ५२३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *