अस्ट्रेलियादेखि इन्डोनेसियासम्म यस्तो देखियो आजको खग्रास सूर्यग्रहण

डिसी नेपाल
७ वैशाख २०८० १२:०७
1.5k
Shares

काठमाडौं । सन् २०२३ को पहिलो सूर्यग्रहण आज बिहान ७ बजेर ५५ मिनेटबाट सुरु भएको छ । यो पहिलो पटक अष्ट्रेलियामा देखिएको थियो। फिलिपिन्स, इन्डोनेसियालगायत धेरै देशका मानिसले यो सूर्यग्रहण देखेका छन् । तर, नेपालमा ग्रहण देखिएको छैन । यो कंकणाकृति सूर्यग्रहण हो जसलाई मिश्रित सूर्यग्रहण पनि भनिन्छ।

ज्योतिष शास्त्रमा ग्रहणलाई अशुभ घटनामा गनिन्छ । सुतक अवधि ग्रहणको समयभन्दा अघि सुरु हुन्छ। सुतक अवधिमा कुनै पनि शुभ कार्य र पूजा गर्न निषेध गरिएको छ। जसका कारण यस समयमा शुभ कार्य र पूजा गर्न निषेध गरिएको छ ।

नेपालमा सूर्यग्रहणको प्रभाव नदेखिने भएकाले यसको सुतक अवधि पनि लाग्ने छैन । त्यसैले देशका सबै मन्दिरमा पूजा आराधना भइरहेको छ । आज मातातीर्थ औंसी भएकोले पूजा आराधना सामान्य दिनभन्दा बढी छ । सूर्यग्रहणमा सूर्यलाई चोट लाग्ने विश्वास गरिन्छ। शास्त्रमा ग्रहणलाई शुभ मानिएको छैन ।

तपाईंले सूर्यग्रहण नासाको युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ, जसको लाइभ स्ट्रिमिङ नेपाली समय अनुसार बिहान ८ बजेबाट सुरु भएको छ। यसबाहेक टाइमएण्डडेट डटकम मा गएर सूर्यग्रहण प्रत्यक्ष हेर्न सक्नुहुन्छ। ग्रहणको लाइभ स्ट्रिमिङ वेबसाइट र युट्युब च्यानल दुवैमा हुनेछ। यो वेबसाइट ग्रहण हेर्नको लागि सबैभन्दा भरपर्दो अनलाइन प्लेटफर्म हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *