नेपाली सेनामा जागिर खुल्यो, एकै पटक ४५ सयले जागिर पाउने

डिसी नेपाल
८ वैशाख २०८० ८:२९
484
Shares

काठमाडौं। लामो समयपछि नेपाली सेनामा जागिर खुलेको छ। नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार ४५ सय जनाका लागि जागिर खुलाएको हो।
जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ।

भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाका अनुसार महिला कोटामा ३ सय ९०, आदिवासी जनजाति कोटामा ६ सय १७, मधेशी कोटामा ५ सय ४०, दलित कोटामा २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो।

सूचना अनुसार आवेदकले अनलाइन मार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सबन्धित छनौट स्थलमा बुझाउनु पर्ने नेपाली सेनाले जनाएको छ। सेनाले १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न मिल्ने ब्यवस्था गरेको छ भने बहालवाला सैनिकको हकमा भने उमेरको हदबन्दी २६ बर्ष राखिएको छ।

फाराम भर्ने अन्तिम मिति जेठ १४ गते तोकिएको भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *