सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच सिंहदरवारमा छलफल भएको हो।
प्रचण्ड र ओलीबीच संवैधानिक परिषद्को बैठक र प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायधीश नियुक्तिका लागि सक्रियता बढाउँदै सहमति जुटाउन एमाले अध्यक्ष ओलीसँग छलफल अघि बढाएका हुन्।
तत्कालीन प्रधानन्यायधिस चोलेन्द्र शर्मामाथि महाअभियोग लागे पछि लामो समयसम्म कायम मुकायम प्रधानन्यायधिसवाट सर्वोच्च अदालत चल्दै आएको छ । यसअघि बसेको संबैधानिक परिषदको बैठकले नियुक्ति प्रक्रिया अघि बढाउँन सकेको थिएन ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment