कुशलको कीर्तिमानी शतक
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत ओमानसँगको खेलमा नेपालका कुशल मल्लले शतक प्रहार गरेका छन्। त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा कुशलले ५९ बलमा शतक पूरा गरे।
उनले ९ चौका र ९ छक्का प्रहार गरे। ३७औं ओभरको पाँचौ दबलमा अकिब इल्यासलाई छक्का प्रहार गर्दै कुशल मल्लले शतक पूरा गरेका हुन्।
मल्ल ओडिआईमा नेपालका लागि सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन्। ४०.४ ओभरमा आउट हुनुअघि उनले मात्र ६४ रनमा एक सय आठ रन बनाए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment