दिल्लीको एक अदालतमा परिसरमा गोली हानि महिलाको हत्या
नयाँदिल्ली। दिल्लीको एक अदालतमा एक महिलाको गोली हानि हत्या गरिएको छ। अदालत परिसरमा भएको गोली लागेर ४२ बर्षीया राधा नाम गरेकी महिलाको मृत्यु भएको हो।
उनी माथि ४-५ गोली हानिएको थियो भने उनलाई अस्पताल लैजाने क्रममा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्।
ती महीला माथि बिहान १०:३० बजे ४-५ राउण्ड गोली हानिएको थियो भने उनको पेट र हातमा तीनवटा गोली लागेको छ। गोली लागेर एक वकिल पनि घाइते भएका छन्। सो गोली हाने पछि आक्रमणकारी क्यान्टिनको गेटबाट भागेका थिए।
वकिलको भेषमा आएका आक्रमणकारीले महिलालाई ताकेर गोली हानि हत्या गरेका हुन्। कडा सुरक्षाबीच गोली चलेपछि यहाँ भागभाग मच्चिएको थियो। अदालत परिसरमा भीडभाड भएको समयमा नै ती आक्रमणकारी भित्र प्रवेश गरेको बताइएको छ।
आरोपित महिला विरुद्ध ठगी मुद्दा दायर भएकाे थियाे। आज उनको सुनवाई थियो। अदालत भित्र दिन दहाडै गोली हानिएको घटनालाइ लिएर दिल्ली प्रहरीको सुरक्षा संयन्त्र माथि प्रश्न उठाइएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घटनालाई लिएर सुरक्षा व्यवस्थालाई लिएर केन्द्र सरकार माथि प्रश्न उठाएका छन्।







डिसी नेपाल







Facebook Comment