कोरोनाबाट थप एक जनाको मृत्‍यु

डिसी नेपाल
८ वैशाख २०८० १६:२२
124
Shares

काठमाडौं। छिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो।

सोही समयमा एक हजार ८८३ जनाको कोरोना परीक्षण गर्दा १०६ जना कोरोना सङ्क्रमित थपिएका छन्। त्यस्तै, सोही समयमा ४६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४१४ पुगेको छ। सक्रिय सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै २५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन्।

त्यस्तै, सात जना आइसियु र तीन जना भेन्टिलेटरमा उपचाररत छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *