रुसी लडाकु विमानले आफ्नै सहरमा बम खसाल्यो

डिसी नेपाल
९ वैशाख २०८० १०:१४
300
Shares

काठमाडौं । रुसी लडाकु विमानले गल्तीले आफ्नै सहरमा बम खसालेको छ । रुसी रक्षा मन्त्रालयले यसबारे जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार युक्रेनको सिमानामा रहेको रुसी सहर बेलगोरोडमा आफ्नै विमानले बम खसालेको हो ।

क्षेत्रीय गभर्नर व्याचस्लाभ ग्लाडकोभले यस विस्फोटका कारण शहरको केन्द्रमा २० मिटर गहिरो खाडल बनेको बताएका छन्।

यस विष्फोटमा दुई महिला घाइते भएका छन् भने धेरै भवनमा क्षति पुगेको छ ।

सु–३४ लडाकु विमानले भूलवश बम खसालेको मन्त्रालयले जनाएको छ ।

यो घटना बिहीबारको हो र यसको अनुसन्धान सुरु भएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्विर र भिडियोमा यो विष्फोटका कारण केही अपार्टमेन्टमा क्षति पुगेको देखिन्छ ।

बेल्गोरोड युक्रेनको सिमानाबाट करिब ४० किलोमिटर टाढा छ र त्यहाँको जनसंख्या ३,७०,००० छ।

यो युक्रेनको दोस्रो ठूलो सहर खार्किवको उत्तरमा पर्छ।

यहाँका मानिसहरू युक्रेनी सेनाको गोलाबारीको डरको छायामा बसिरहेका छन्।

तर, रुसी विमान युक्रेनी सिमानातर्फ सहरमाथि उडिरहेको देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *