अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको औषधि मिफेप्रिस्टोनमाथिको प्रतिबन्ध हटायो

डिसी नेपाल
९ वैशाख २०८० १२:५९
28
Shares

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले आफ्नो एउटा महत्त्वपूर्ण निर्णयमा गर्भपतन गर्ने लोकप्रिय औषधि मिफेप्रिस्टोनलाई फेरि बेच्न अनुमति दिएको छ। साथै यस सम्बन्धमा चलिरहेको मुद्दालाई निरन्तरता दिने बताएको छ ।

यस विभाजित निर्णयमा, अदालतले यथास्थिति पुनर्स्थापित गर्दै गर्भपतन अधिकार समर्थकहरूलाई तत्काल राहत दिएको छ।

सर्वोच्च अदालतको पछिल्लो फैसलापछि अब मिफेप्रिस्टोनको स्वीकृतिमा रोक लगाउने विषय अदालतमा अगाडि बढ्न सक्नेछ । जसका कारण फेरि सर्वोच्च अदालत जाने सम्भावना छ ।

केही हप्ता अघि, टेक्सासको एक स्थानीय अदालतले वर्षौं अघिदेखिको लोकप्रिय गर्भपतन औषधि मिफेप्रिस्टोनको एफडीएको स्वीकृतिलाई रोक्यो।

विज्ञहरूका अनुसार यस विषयमा अदालतको निर्णय जेसुकै आए पनि त्यसको दूरगामी प्रभाव पर्ने देखिन्छ ।

गत वर्षको जुनमा सर्वोच्च अदालतले ६-३ को ऐतिहासिक निर्णयमा गर्भपतनलाई कानुनी मान्यता दिने सन् १९७३ को ‘रो भर्सेस वेड’ को निर्णयलाई उल्टाएको थियो ।

त्यसपछि अमेरिकामा भीषण प्रदर्शन भएको थियो । यसैबीच, त्यसपछि महिलाका लागि गर्भपतनको अधिकार कानुनी हो कि होइन, अमेरिकाका विभिन्न राज्यका लागि फरक–फरक नियम बनाउने बाटो खुल्यो ।

रो भर्सेस वेड मुद्दामा सर्वोच्च अदालतले गर्भपतनलाई वैधानिकता दिएको र संविधानले गर्भवती महिलालाई गर्भपतनसम्बन्धी निर्णय गर्ने अधिकार दिएको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *