भुलेर पनि बाथरुममा नराख्नुस् यी चिज, तपाईंलाई कंगाल बनाउँछ 

डिसी नेपाल
१० वैशाख २०८० ७:२३
31.6k
Shares

काठमाडाैं। सनातन धर्ममा वास्तुशास्त्रको विशेष महत्व छ। वास्तु नियमको पालनाले व्यक्तिको जीवनमा सुख र समृद्धि ल्याउँछ। साथै, लापरवाहीका कारण घरको सुख हराउन जान्छ छ। मानिस सधैं चिन्तित हुन्छ। समस्या हटेको देखिँदैन।

त्यसैले ज्योतिषशास्त्रले वास्तु नियमहरू पालना गर्न सल्लाह दिन्छन्। घरको बाथरुमका लागि पनि वास्तु नियमहरू पालना गर्न आवश्यक छ।

बाथरुमबाट नकारात्मक ऊर्जा बढी उत्पन्न हुने विश्वास गरिन्छ । यसका लागि भुलेर पनि बाथरुममा तल उल्लेखित चिजहरु नराख्नुहोस्। यिनीहरूले वास्तु दोष निम्त्याउँछन्।

अब यसाे गर्नुहाेस:

-वास्तु विज्ञहरुका अनुसार भिजेको कपडा बाथरुममा छाड्नु हुँदैन । यसो गर्दा वास्तु दोष हुने देखिन्छ। यसका साथै घरमा नकारात्मक ऊर्जाको आगमन हुन्छ । यसका लागि बाथरुममा भिजेको कपडालाई कहिल्यै नछोड्नुहोस् ।

-च्यातिएकाे चप्पल बाथरुममा राख्नाले वास्तु दोष हुन्छ । ज्योतिषीहरुका अनुसार बाथरुममा फुटेको चप्पल राख्नाले कुण्डलीमा शनिको स्थिति बिग्रन्छ । जसका कारण मानिसले नराम्रो समयबाट गुज्रनुपर्ने हुन्छ । यससँगै धनकी देवी लक्ष्मी पनि क्रोधित हुन्छिन् ।

– वास्तु शास्त्रका अनुसार बाथरुममा प्लास्टिकका टुक्राहरू कहिल्यै नराख्नुहोस्। यसो गर्दा मानिसले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि बाल्टिन वा मग फुटेको छ भने, यसलाई तुरुन्तै बाहिर फाल्नुपर्छ।

– प्रायः महिलाहरु नुहाएर झरेको कपाल बाथरुममा राख्छन् । यस्तो पटक्कै नगर्नुहोस्। वास्तुशास्त्रमा यसो गर्न निषेध गरिएको छ। झरेको कपाल बाथरुममा राख्नु वास्तु दोष मानिन्छ । जसका कारण मानिसले आफ्नो इच्छा अनुसार जीवनमा प्रगति गर्न सक्दैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *