उपनिर्वाचनमा रास्वपाका तीनवटै क्षेत्रका उम्मेदवार मतदान गर्नबाट बञ्चित

डिसी नेपाल
१० वैशाख २०८० १०:५६
1.2k
Shares

काठमाडौं। आज भइरहेको उपनिर्वाचनमा तीनवटै क्षेत्रका रास्वपाका उम्मेदवारले मतदान गर्ने अवसरबाट बञ्चित भएका छन् ।

बारा–२,तनहुँ –१ र चितवन– २ मा भइरहेको उपनिर्वाचनमा मतदान चलिरहँदा स्वयम उम्मेदवारी दिएका रास्वपाका उम्मेदवारहरुले आफैंलाई मतदान गर्नबाट बञ्चित भएका हुन्।

चितवन २बाट गएको मंसिर ४ को निर्वाचनमा निर्वाीचत भएका रास्वपाका सभापति रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भइ पदमुक्त भएका थिए । अहिले उनी स्वयम् उम्मेदवारी दिएर विगतको विरासत फर्काउने ध्यानउन्नमा छन्।

गत निर्वाचनमा अत्यधिक मतले विजयी भएका उनी यसपटकको उपनिर्वाचनमा विगतको साख जोगाउन प्रयत्नशिल छन् । गएको निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी एमालका कृष्णभक्त पोखरेल र गठबन्धनका संयुक्त उम्मेदवार कांग्रेसका उमेश श्रेष्ठलाई दोब्बर मतले गराजित गरेका थिए ।

अहिले सोही निर्वाचन क्षेत्रमा बिहान सात बजेदेखि मतदान सुरु भइरहेको छ । तथापि काठमाडौंका मतदाता रहेका उम्मेदवार लामिछाने आफैंले आफैंलाई मतदान गर्न पाएनन् ।

यस्तै तनहुँ १ मा भइरहेको उपनिर्वाचनको मतदानमा रास्वपाबाट उम्मेदवारी दिएका स्वर्णिम वाग्लेले पनि आफैलाई मतदान गर्न पाएनन् । उनले रास्वपाको तर्फबाट तनहुँ १ मा उम्मेदवारी दिएपनि मतदान गर्ने अवसरबाट बञ्चित भएका हुन् ।

उनी पनि तनहुँका स्थायी बासिन्दा होइनन् ।गोरखाका स्थायी बासिन्दा वाग्ले उपनिर्वाचनमा तनहुँ पुगेर उम्मेदवारी दिएकाले आफैंलाई मतदान गर्ने अवसरबाट बञ्चित हुनुपरेको हो ।

गत निर्वाचनमा तनहुँ- १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।

बारा २ मा रास्वपाको तर्फबाट उम्मेदवारी दिएका नेपाल प्रहरीका पूर्वडिर्आजी रमेश खरेलले पनि आफूलाई मतदान गर्नबाट बञ्चित भएका छन् । गत मंसिर ४को निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिएर पराजित भएका उनी यसपाली बारा पुगेर उम्मेदवारी दिएका हुन् । यद्यपि काठमाडौंका मतदाता रहेका उनलेआफैंलाई मतदान गर्ने अवसरबाट  बञ्चित भएका छन्।

गत निर्वाचनमा विजयी भएका जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको बारा- २ मा अहिले उपनिर्वाचनको  मतदान  भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.