भारत टुक्र्याउने अभियानका नेता अमृतपाल सिंह पक्राउ परेपछि उनका आमा, बुवा र काकाले के भने ?
काठमाडौं । ‘वारिस पंजाब दे’ का प्रमुख अमृतपाल सिंहलाई पक्राउ गरेपछि उनकी आमा बलविंदर कौरले उनलाई प्रहरीले पक्राउ नगरेको बरु अमृतपालले नै गिरफ्तारी दिएको दाबी गरेकी छन् ।
अमृतपालकी आमाले मिडियासँग भनिन्, ‘उनले आत्मसमर्पण गरेकोमा हामीलाई गर्व छ । हाम्रो छोराले कुनै गल्ती गरेको छैन र भविष्यमा पनि गर्ने छैन ।’
बलविन्दर कौरले भनिन्, “पुलिसले उनलाई खोजिरहेको थियो र अहिले उनी हिरासतमा छन्। त्यसैले पक्राउ परेका बाँकीलाई रिहा गर्न, उत्पीडन नगर्न प्रहरीलाई आग्रह गर्दछु ।’ उनले छोरालाई भेट्ने प्रयास गर्ने पनि बताइन् ।
छोरालाई लिएर जुन भ्रम फैलाइएको थियो त्यसको आज जवाफ पाएको उनका बुबा तरसेम सिंहले बताए । आफ्नो छोराको बारेमा कस्ता कस्ता तस्वीर बनाइन थालिएका थिए भन्दै उनले यसका लागि आफ्ना गुरु महाराजलाई धन्यवाद दिएको बताए ।
यता उनका काका सुखचैन सिंहले आज बिहान ७.३० बजे अमृतपाल पक्राउको खबर पाएको बताए । गुरुद्वारा साहिबबाट जुन प्रकारका भिडियोहरु बाहिर आइरहेका छन्, त्यसबाट आफूले आफूलाई पक्राउ गराएको उनले दाबी गरेका छन् ।
मोगा जिल्लाको रोडे गाउँमा उनको दस्तरबन्दी भएको ठाउँबाट उनलाई पक्राउ गरिएको सुखचैन सिंहले बताए । उनले भने, ‘अब हाम्रो चिन्ता हटेको छ, अब थप काममा लागौं । यद्यपि अहिलेसम्म हामीले उनी प्रहरीसँग रहेको महसुस गरेका थियौं।
उनका अनुसार ‘उनी जहाँ भए पनि पक्राउ गर्नुपर्छ भनेर हामीले त्यही दिनदेखि भन्दै आएका छौं। हामी जान्दछौं कि लुक्नु वा भाग्नु ठीक होइन र गर्नु हुँदैन।’







डिसी नेपाल







Facebook Comment