स्पेनिस ला-लिगा: एट्लेटिकोलाई हराउँदै बार्सिलोनाकाे अग्रता कायमै

डिसी नेपाल
११ वैशाख २०८० ८:००
284
Shares

काठमाडौं। स्पेनिस ला–लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले आफनो अग्रता कायमै राख्न सफल भएको छ। बार्सिलोनाले तेस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आफनो अग्रता कायमै राखेको हो।

आइतबार बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका फेरान टोरेसले खेलको ४४ औँ मिनेटमा गरेको गोल नै अन्ततः निर्णायक बन्न पुग्यो।

उनले गरेको एकमात्र गोल तीन अंकका लागि निर्णायक बनिदिा बार्सिलोनाले ३० खेलबाट ७६ अंक जुटाउन सफल भएको छ भने एट्लेटिको म्याड्रिडको ६० अंकमा सीमित रहन पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *