आफ्नै साथीले बोकेको बन्दुक पड्किँदा नुवाकोटमा एक जनाको मृत्यु
नुवाकोट। आफ्नै साथीले बोकेको बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। नुवाकोटको किम्ताङ जंगलमा आफ्नै साथीले बोकेको भरुवा बन्दुक पड्केर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो।
प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काका अनुसार म्यागङ गाउंपालिका ४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको हो।
उनका अनुसार किम्ताङको जंगलमा शिकार खेल्न जंगल गएको बेला अमित तामाङले बोकेको बन्दुकको छर्रा लागेर पञ्च घलेको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटना शंकास्पद भएको भन्दै अमितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment