२० हजार मत गन्न बाँकी हुँदा स्वर्णिम वाग्ले ९ हजार मतले अगाडि
तनहुँ।राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ९ हजार भन्दा बढी मतले अग्रता कायम गरेका छन्।
तनहुँ क्षेत्र नम्बर-१ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहँदा आफना मुख्य प्रतिस्पर्धी भन्दा वाग्लेले ९ हजार ३४९ मतले अग्रता कायम गरेका हुन्। अहिलेसम्म ४३ हजार ७१ मतगणना सकिएको छ।
यसैगरी, जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार वाग्लेले २२ हजार २६० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १२ हजार ९११ मत प्राप्त गरेका छन्।
एमालेका सर्वेन्द्र खनालले ६ हजार ५१३ मतमा सिमित भएका छन्। त्यहाँ ६३ हजार ७५७ मत खसेको थियो। अब २० हजार ६८६ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना जारी छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment