चितवन-२ मा रवि लामिछानेको जित निश्चित

डिसी नेपाल
१२ वैशाख २०८० १०:३३
1.8k
Shares

काठमाडौं। चितवन २ को उपनिर्वाचनको जारी मतगणनाको परिणाम नआउँदै रास्वपाका सभापति एवं उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ।

जम्मा ७८ हजार मत खसेको मध्ये अहिलेसम्म ६० हजार मतगणना हुँदा लामिछाने ४३ हजार १०१ मत  मत प्राप्त गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ९५२ मत ल्याएका छन् । अर्का एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत लिएका छन् ।

करिब १२ हजार मतमात्र गन्न बाँकी हुँदा लामिछानेको हालसम्मको अग्रता अब गन्नुपर्ने मत भन्दा उनको मतान्तर बढी  भएकाले लामिछानेको जित निश्चित भएको हो ।

गएको मंसिर ४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा दोषी ठहर भएपछि पदमुक्त भएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *