बलियो नेपाल न्युट्रिशन इनिसियटिभले गर्यो पोषण सचेतना अभिमुखीकरण कार्यक्रम

डिसी नेपाल
१२ वैशाख २०८० ११:४९
196
Shares

काठमाडौँ। खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उदेश्य अनुसार बलियो नेपाल न्युट्रिशन इनिसियटिभले स्वेता सेक्युरेटिज तथा बाल सारथीसँगको समन्वयमा  आइतबार (बैशाख १० गते) पोषण सचेतना अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। जसमा बलियो नेपालले बाल सारथीका करिब १०० बाल बालिका साथै ३० जना शिक्षक, शिक्षिका, अभिभावक तथा कर्मचारीगरी जम्मा १३० जनालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा बलियो नेपालका कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले शिक्षा जिवनको अमुल्य सम्पत्ती भएकोले ध्यान दिएर पढ्न र भोलिका दिनमा देशका अमुल्य निधि बन्नुपर्ने कुरामा जोड दिए। साथै, बलियो नेपालका कार्यकारी सदस्य एवम् नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले पढाइका साथसाथै खेलकुदमा समेत अगाडि बढेर देशको नाम राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा उच्च राख्न अनुरोध गरे।

कार्यक्रममा बाल सारथीका अध्यक्ष अस्मिता सुमार्गी, स्वेता सेक्युरेटिजका प्रमुख सुयोग अधिकारी, राष्ट्रिय सुचना आयोगका सदस्य कमला ओली तथा बाल सारथी एकेडेमीका अध्यक्ष डा. माला खरेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बलियो नेपालका प्रमुख कार्यकारी अधिकृत डा अतुल उपाध्याय तथा कार्यकारी सदस्य एवम् नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का तथा स्वेता सेक्युरेटिजका प्रमुख सुयोग अधिकारीले संयुक्त रुपमा बाल सारथी संस्थाको अध्यक्ष अस्मिता सुमार्गीलाई बाल सारथीका १६ जना विध्यार्थीहरुलाई छात्रवृत्तिका लागि तिन लाख बिस हजार रुपौयाँको चेक हस्तातरण गर्नुका साथै १०० जना विद्यार्थीहरुलाई स्टेसनरी सामाग्रीहरुसहित दिवा खाजा प्रदान गरियो।

कार्यक्रममा बाल सारथीका अध्यक्ष अस्मिता सुमार्गीले बलियो नेपाललाई धन्यवाद दिँदै भोलीका दिनमा बाल सारथी र बलियो नेपाल हातेमालो गरेर अगाडि बढ्ने र अबको बाल सारथी बलियो बाल सारथी बन्नुपर्ने कुरामा जोड दिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *