कमला ह्यारिस फेरि २०२४ मा उपराष्ट्रपतिको दौडमा सामेल हुने

डिसी नेपाल
१२ वैशाख २०८० १७:०३
160
Shares

काठमाडौं । जो बाइडेनले अमेरिकाको राष्ट्रपति पदका लागि फेरि उम्मेदवारी दिने घोषणा गरेसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि आफू पनि फेरि उपराष्ट्रपति पदको दौडमा रहने बताएकी छिन् ।

सन् २०२० मा ५८ वर्षीया कमला ह्यारिस देशको पहिलो महिला उपराष्ट्रपति भइन् । यससँगै उनी पहिलो अफ्रिकी-अमेरिकी र एसियाली-अमेरिकी उप-राष्ट्रपति थिइन्।

उनले ट्विट गर्दै फेरी चुनाव लड्ने घोषणा गरेकी छिन् । उनले ट्वीटमा लेखेकी छिन्, ‘अमेरिकी भएको नाताले हामी स्वतन्त्रता र अधिकारमा विश्वास गर्छौं। हामी विश्वास गर्छौं कि हाम्रो लोकतन्त्र त्यति बलियो हुनेछ जब हामी यसको लागि लड्न तयार छौं। यस कारणले, जो बाइडेन र म फेरि प्रतिस्पर्धा गर्न जाँदैछौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *