जिरोनाका कास्टेलानोस चम्किँदा रियल म्याड्रिड पराजित
काठमाडौं। स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल म्याड्रिड पराजित हुन पुगेको छ। भ्यालेन्टिन कास्टेलानोस एक्लैले म्याड्रिडको गोलपोष्टमा चार गोल हान्दै जिरोनाले रियललाई ४-२ ले पराजित गरेको हो।
मंगलबार राति घरेलु मैदानमा भएको खेलमा जिरोानका कास्टेलानोसले खेलको १२ औं मिनेटमा पहिलो गोल गरेका थिए। म्याड्रिडको पोष्टमा गोलको बर्षा गरेका कास्टेलानोसले २४औं मिनेटमा थप अर्को गोल गरेर पहिलो हाफको सुुरुवातीमा नै जिरोनालाइ २-० को अग्रता दिलाउन सफल भए।
यसैगरी, खेलको ३४औं मिनेटमा रियलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई २-१ को स्थीतिमा ल्याई दिए। पहिलो हाफमा खेल २-१ को अवस्थामा रहन पुग्यो। तर, दोस्रो हाफको सुरुमा नै कास्टेलानोसले पुन तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेर जिरोनालाई ३-१ को अग्रता दिलाए। साथै, ६२औं मिनेटमा उनले व्यक्तिगत चौथो गोलको मद्दतले जिरोना ४-१ को अग्रता लिन सफल भयो।
८५औं मिनेटमा लुकास भजक्वेजले रियलका लागि गोल दोस्रो गोल गरे। खेल अन्तत ४-२ मा टुंगिन पुग्यो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment