प्रिमियर लिगः आत्मघाती गोल उपहार पाउँदा बल्भ्स बिजयी
काठमाडाैं। इंग्लिस प्रिमियर लिगमा वल्भ्स विजयी भएको छ। मंगलबार राति घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा वल्भ्सले क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेर बिजयी भएको हो।
बल्भ्सले एउटा आत्मघाती गोल उपहार पाएको थियो भने अर्को पेनाल्टी गोलवाट जीत हासिल गरेको हो। पहिलो हाफको सुरूवाती अर्थात तेस्रो मिनेटमा नै क्रिस्टलका जोआचिम एन्डरसेनको आत्मघाती गोलबाट वल्भ्सले १-० को अग्रता लिन सफल भयो भने इन्ज्युरी समयको चौथो मिनेटमा नेभेसले पेनाल्टीमा गोल गर्दै वल्भ्सको जित पक्का गरे।
यस जितसँगै वल्भ्स ३३ खेलबाट ३७ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ, समान ३७ अंक रहेको क्रिस्टल प्यालेस गोल अन्तरमा अघि छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment