तालिवानले काबुल आक्रमणमा जिम्मेवार आईएस कमाण्डरलाई मारिदियो

डिसी नेपाल
१३ वैशाख २०८० ११:०१
324
Shares

काठमाडौं । सन् २०२१ मा काबुल एयरपोर्टमा भएको बम विष्फोटका लागि जिम्मेवार मानिने इस्लामिक स्टेटका मास्टरमाइन्डलाई तालिबानले मारेको छ । अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै यो जानकारी सार्वजनिक भएको हो ।

अगस्ट २०२१ मा, जब तालिबान अफगानिस्तान फर्कियो र धेरै मानिसहरू देश छोड्दै थिए, काबुल एयरपोर्टमा हमला भयो। जसमा १७० नागरिक र १३ अमेरिकी सैनिक मारिएका थिए ।

अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई भने, आईएस कमाण्डर मारिएको हप्ता भइसकेको थियो, तर उनको मृत्युको पुष्टि गर्न समय लाग्यो।

यी कमाण्डरको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । अमेरिकी अधिकारीहरूले गुप्तचर सङ्कलन र अनुगमनका आधारमा कमाण्डर मारिएको पुष्टि भएको बताए।

यद्यपि, उनीहरुले थप जानकारी दिएनन् न त उनीहरूले काबुल एयरपोर्ट बम विष्फोटका लागि यो व्यक्ति जिम्मेवार छ भनेर कसरी थाहा पाए भन्ने बताए।

एक वरिष्ठ अमेरिकी अधिकारीले सीबीएस न्यूजलाई भने, “सरकारी विज्ञहरू यो व्यक्ति आक्रमणको पछाडि मुख्य व्यक्तिहरू मध्ये एक थियो भन्ने कुरामा निश्चित छन्।”

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले अप्रिलको सुरुमा कमाण्डरको मृत्यु भएको थाहा पाएको थियो।

यद्यपी तालिबानले उक्त व्यक्तिलाई निशाना बनाएर मारेको हो वा तालिवान र आईएसबीच जारी भिडन्तमा मारिएको हो भन्ने यकिन भइसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *