ट्वाइलेटका कारण विमानको आकस्मिक अवतरण !

डिसी नेपाल
१३ वैशाख २०८० १६:४४
22.4k
Shares

काठमाडौं । अस्ट्रियाको भियनाबाट न्यूयोर्कको उडानमा एउटा विमान दुई घण्टा पछि फर्किनुपरेको छ । अस्ट्रियन एयरलाइन्सको यो विमानमा आठमध्ये पाँचवटा ट्वाइलेट बिग्रिएपछि यस्तो गर्नुपरेको हो । अघिल्लो सोमबारको बोइङ ७७७ उडानमा करिब ३०० जना सवार थिए, जुन आठ घण्टासम्म चल्ने तय गरिएको थियो। तर दुई घण्टाभित्रै फर्किनु पर्यो ।

एयरलाइन्सका एक प्रवक्ताले मंगलबार एएफपीलाई भने कि प्राविधिक समस्याका कारण पाँचवटा शौचालय राम्ररी फ्लस हुन सकेनन्, त्यसपछि चालक दलले फर्किने निर्णय गरे।

उनले भने– जानकारीअनुसार अस्ट्रियन एयरलाइन्सको उडानमा यस्तो समस्या यसअघि आएको थिएन । प्रवक्ताले विमान अहिले सच्याइसकेको र सेवामा फर्किएको जानकारी दिएका छन् । यस सम्पूर्ण घटनाका कारण यात्रुका लागि अर्को उडान बुक गरिएको थियो ।

विगतमा पनि धेरै कारणले विमानको आपतकालीन अवतरण हुने गरेको छ । गत जनवरीको कुरा गर्ने हो भने इङ्ल्यान्डबाट अष्ट्रेलियाका लागि उडेको विमानको इन्जिन हावामै बिग्रिएको थियो । यो उडान अस्ट्रेलियाको सिड्नी एयरपोर्टमा अवतरण हुने थियो ।

यो अचानक आपतकालिन अवस्थापछि एक अलर्ट सन्देश एयरपोर्टमा पठाइएको थियो। एम्बुलेन्ससँगै सबै आकस्मिक सेवाहरू त्यहाँ पुगेका थिए । तर, अन्त्यमा विमान सकुशल अवतरण भएको थियो । उडान क्वान्टास एयरलाइन्सको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *