एसिसी प्रिमियर कपः नेपाल ब्याटिङमा, एक परिवर्तन
काठमाडौं। एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा हुने नेपाल र कतारबीचको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । कतारले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। आज करन केसीलाई बाहिर राख्दै गुल्शन झालाई टिममा समावेश गरेको छ।
मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ। यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अंक बाँडेको थियो। जससँगै नेपाल सेमीफाइनलमा गएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment