अन्तर्वार्ताका क्रममा टर्कीका राष्ट्रपति अर्दोआनको स्वास्थ्य बिग्रियो
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले अस्वस्थ्यताका कारण प्रत्यक्ष अन्तर्वार्ता बीचैमा छोड्नुपरेको छ । मंगलबार उनले टिभीमा अन्तर्वार्ता दिइरहेका थिए जुन ९० मिनेट चल्ने थियो तर १० मिनेटपछि च्यानलले बिचमा प्रश्न काटेर ब्रेक लिनुपरेको थियो ।
समाचार वेबसाइट अरब न्युजका अनुसार करिब १५ मिनेटपछि स्क्रिनमा फर्किए र भने, “आज र हिजो निकै थकाइको बित्यो, जसका कारण पेटमा इन्फेक्सन भएको छ । म तपाई र दर्शकहरुसँग माफी चाहन्छु ।”
यसपछि कार्यक्रम बन्द भयो । अर्दोआनले बुधबार तीन स्थानमा हुने निर्वाचन प्रचारप्रसार पनि रद्द गरेका छन् । उनले भने, ‘डाक्टरको सल्लाहमा आज घरमै आराम गर्छु ।’ ६९ वर्षीय अर्दोआनले सन् २०१२ मा ग्यास्ट्रोइन्टेस्टिनलको शल्यक्रिया गरेका थिए ।
टर्कीमा आगामी मे १४ मा आम निर्वाचन हुँदैछ। टर्कीमा २० वर्षदेखि शासन गर्दै आएका रेसेप तैयप अर्दोआनले सत्तामा रहन निकै चर्को प्रचार गरिरहेका छन् । यस्तो अवस्थामा उनको स्वास्थ्य बिग्रने समस्याले उनको लागि कठिनाइ सिर्जना गर्न सक्छ ।







डिसी नेपाल







Facebook Comment