ह्वाट्सएपले ल्यायो नयाँ फिचर, एउटै अकाउन्ट एकैपटक धेरै फोनमा खोल्न सकिने

डिसी नेपाल
१४ वैशाख २०८० ११:२१
432
Shares

काठमाडौं । मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले एउटा नयाँ फिचर जारी गरेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले अब धेरै फोनमा एउटै खाता चलाउन सक्नेछन्।

यो फिचरको रोलआउट पछि, चारवटा फोनहरू एउटै खातामा लिङ्क गर्न सकिन्छ। सन्देशहरू, तस्विरहरू र कुनै पनि प्रकारका मिडियाहरू प्रत्येक यन्त्रमा इन्ड टु इन्ड इन्क्रिप्टेड हुनेछन्।

तर यदि प्राइमरी डिभाइसमा रहेको ह्वाट्सएप अकाउन्ट लामो समयसम्म सक्रिय रहेन भने यस्तो अवस्थामा बाँकी डिभाइसबाट पनि स्वतः लगआउट हुन्छ।

जसका कारण प्रयोगकर्ताले जसरी एउटा खाताबाट लग आउट गरी अर्को डिभाइसमा खाता खोल्नु परेको थियो, अब त्यसो गर्नुपर्दैन ।

यदि प्रयोगकर्ताको खाता एउटा फोनमा चलिरहेको छ, लग आउट नगरी पनि, ह्वाट्सएप खाता अर्को फोनमा चल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *