उत्तर कोरियालाई चुरोट बेचेको आरोपमा अमेरिकाले एक कम्पनीलाई करोडौं डलर जरिवाना तिरायो
काठमाडौं । अमेरिकाले सुर्ति उत्पादन गर्ने कम्पनी ब्रिटिश अमेरिकन टोब्याको (ब्याट) लाई ६३ करोड ६० लाख डलर जरिवाना र थप ब्याज लगाएको छ ।
यो कम्पनीले उत्तर कोरियालाई चुरोट बेच्दै आएको थियो, जुन अमेरिकाले लगाएको प्रतिबन्धको उल्लङ्घन हो । सन् २००७ देखि २०१७ सम्म उत्तर कोरियामा चुरोट पठाइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
ब्याटका प्रमुख ज्याक बाउल्सले भने, “हामी गल्तीका लागि पछुताउँछौं।” अमेरिकाले उत्तर कोरियाको आणविक र ब्यालेस्टिक मिसाइल गतिविधिलाई लिएर कडा प्रतिबन्ध लगाएको छ।
मंगलबार भएको सम्झौता, ब्याट र अमेरिकी न्याय विभाग, ट्रेजरी विभागको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयको बीचमा भएको थियो।
ब्याट संसारको सबैभन्दा ठूलो सूर्तिजन्य पदार्थ कम्पनीहरु मध्ये एक हो। यो बेलायतमा शीर्ष १० कम्पनीहरू मध्ये एक हो।
ब्याटसँग लकी स्ट्राइक, डनहिल र पाल माल जस्ता धेरै प्रसिद्ध चुरोट ब्रान्डहरू छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment